‘टिम समर्पण’को संकलित रकम विद्यालयलाई



टंकराज अधिकारी,पोखरा ।

बेलायतमा रहेका नेपालीहरुको समुह ‘टिम समर्पण‘ ले मकवानपुरको देवहित माध्यमिक विद्यालयलाई सहयोग रक़म हस्तान्तरण गरेको छ । शिक्षाको लागी समर्पण भन्ने नाराका साथ पोखरा र आसपास क्षेत्रका बेलायतमा बसोबास गर्दै आएका विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरूको समूहले टिम समर्पण नामको संस्था गठन गरी विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

शिक्षासंग सम्बन्धित गीति एल्वम ‘समर्पण’ गत पौष २२ गते वेलायतमा लोकर्पण गरिएको थियो । एल्वम विक्रीबाट भएको आम्दानीबाट नेपालका विभिन्न विद्यालयमा लगानी गर्ने लक्ष्य लिएको छ । उक्त एल्वम वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, वरिष्ठ विमानचालक क्या. विजय लामा लगाएतले विमोचन ग़रिएको समर्पण टिमका सदस्य कान्ति गुरुंग श्रेष्ठले जानकारी दिनुभयो।

एल्बम विमोचनको अवसरमा टिम समर्पणका संयोजक सूर्य गुरुङले गीति एल्बम ‘समर्पण’ शिक्षाका लागि समर्पित रहेको र एल्बम एल्वममात्र नभएर परियोजना भएको जानकारी दिदै एल्वमको आम्दानीको पहिलो हिस्सा मकवानपुरस्थित देवहित आधारभूत विद्यालयलाई सहयोग गर्ने घोषणा गर्नु भएको थियो ।

संकलित रक़म मध्येको पहिलो किस्ता बापतको रक़म गत विहीवार काठमाँड़ौमा एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ । बेलायतबाट नेपाल आएको समय पारी समर्पण टिमका सदस्य कान्ति गुरुंग श्रेष्ठ र टिम समर्पणका सहयोगी अनुप श्रेष्ठले विद्यालयका प्रधानाध्यापक सुनिता लामालाई पहिलो किस्ता वापतको रक़म १ लाख ५० हज़ार रूपैया हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा एल्बम समर्पणमा आफ्नु गायकी मार्फत सहयोग गर्नु हुने गायकहरु धर्वेन्द्र सेवान, राजु लामा, सन्तोष लामा, उदेश श्रेष्ठ, दिपेश् गुरुङ र संगीतकार तथा गायक कल्याण सिंहलाई टिम समर्पणकी कान्ती गुरुंगले मायाको चिनो प्रदान गर्नु भएको छ । विद्यालयका प्रधानाध्यापक सुनीता लामाले प्राप्त रक़म विद्यालयको पुस्तकालय विकास र विस्तारका लागि खर्च गरिने जानकारी दिदै महिलाबाट मात्र पढ़ाई हुने उक्त विद्यालयको तर्फबाट सहयोगको लागी टिम समर्पणलाई धन्यवाद दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्