राईनो संरक्षण गोेल्डकप फुटबल प्रतियोगिता: पुलिस क्लव विजयी



घनश्याम बगाले, नवलपरासी ।

पूर्वी नवलपरासीको कोल्हुवामा संचालित राईनो संरक्षण गोेल्डकप फुटवल प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा पुलिस क्वल बिजयी भएको छ ।

पुलिसले प्रतिद्धन्दी एफ सी विजय युथ हेटौडालाई तिन एक गोल अन्तरले हराउदै विजेत बनेको हो ।खेल सुरुवातको पाचौं दिनजारी फुटवल प्रतियोगितामा खेलको चौथो मिनटमै जर्सी नम्वर १४का निरकुमार राईले पहिलो गोल गर्दै पुलिसको तर्फबाट खाता खोलेका थिए । लगतै पुलिस क्लवकै १२ नम्वर जर्सीधारी रवि पावनले गोल थप्दै आफ्नो समूहलाई दुई गोलको अग्रता दिलाए ।

बदलामा पहिलो हापको अतिरिक्त समयमा पेनाल्टी पाएको एफसी विजयका खेलाडी विदेशी नागरिक १ नम्वर जर्सीवाल हजमेटले पुलिस विरुद्ध १ गोल फर्काएका थिए ।

खेलकै क्रममा जर्सी नम्वर ९९ पुलिस क्लवका खेलाडी बुद्धिलाल तामाड.ले अर्को गोल थपे पछि पुलिस क्वल अग्रणी बनेको हो ।
आयोजक समूहका खेल कमिस्नर सेतबहादुर पुनका अनुसार शनिबार हिमालयन सेर्पा र ईन्दे्रणी बिकास केन्द्र पोखरा बीच खेल हुने भएको छ ।

विश्वमै दूर्लभ एक सिंगे गैडा संरक्षणमा जागरण ल्याउने उदेश्यले स्थानीय नन्द भाउजु उपभोक्ता समितिको संरक्षणमा राईनो क्लव मध्यविन्दुले खेलको आयोजना गरेको हो ।

विभागीय टिम सहित ए डिभिजनका फुटवल क्लवहरुको संलग्नता रहेको प्रतियोगिताका विजेता र उप विजेताले क्रमशः दश र पाचलाख रुपैया हात पार्ने छन् ।

प्रतिक्रिया दिनुहोस्