सल्यानमा ३ कैदीको कैद मिनाह



न्युज अफ नेपाल, सल्यान ।

प्रजातन्त्र दिवसको अवसर पारी सल्यानमा ३ जना कैदिको कैद मिनाह गरिएको छ । कारकागारमा ५० प्रतिशत कैद भुक्तान गरेका कैदिलाई दिवसको अबसर पारेर ३ जनालाई कैद मिनाह गरिएको हो ।

कारकागार रहदा अनुशासन, असल आचरण तथा व्यवहार राम्रो गरेका ३ जना कैदिहरुलाई कैद सजाय माफि भएको जिल्ला कारागार सल्यानले जनाएको छ ।

कर्तब्य ज्यानका आरोपी १, सवारी ज्यानका आरोपी १ जना र ज्यान मार्ने उद्योगका १ जना गरी तिन जना कैदीको कैद मिनाहा गरिएको कारागारका जेलर बल बहादुर केसीले बताउनु भयो ।

कैद मुक्त हुनेहरुमा कर्तब्य ज्यानका बागचौर नगरपालीका वडा नम्बर ४ का गणेश सुनार, शारदा नगरपालीका ६ का हस्त बहादुर बिष्ट, गौमती रोका रहेको उहाँले बताउनु भयो । उतिहरु असल चालचलन भएका, तोकिएको शर्त पुरा गरेका, कम्तीमा ५० प्रतिशत भन्दा माथी कैदी भुक्तान गरेका कैदीलाई कारागार मुक्त गरिएको उहाँले बताउनु भयो । उहाँका अनुसार सबै कैदी जिल्ला भित्रकै स्थानीय रहेका छन ।

संबिधानको धारा २ सय ७६ अनुसार बिभिन्न कारणले कैद भुक्तान गरिरहेका कैदिहरुको चालचलनका आधारमा बाँकि कैद माफि दिने व्यवस्था गरिएको छ ।

सरकारले हरेक बर्ष बडा दशैँ, प्रजातन्त्र दिवस, गणतन्त्र दिवस, र सबिंधान दिवस पारी कैदीहरुलाई कैद मुक्त गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्