गुण्डागर्दीमा संलग्न तामाङ जडिबुटीबाट पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

गुण्डागर्दीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका पासलाल तामाङ रहेको प्रहरीले जनाएको छ ।

पासलाललाई काठमाडौँको जडिबुटीबाट महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका उनलाई अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा करिब १८ महिना जेल भुक्तान भएर छुटेका तामाङ सिन्धुपाल्चोक जिल्लामा ज्यान मार्ने उद्योग मुद्दामा समेत संलग्न रहि फरार रहेको प्रहरीले जनाएको छ ।

तामाङले बलेफी हाइड्रोपावरका ठेकेदार लगायतलाई हतियार देखाएर मार्ने धम्की दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्