चौथो निर्वाचन दिवस सम्पन्न



सरस्वती न्यौपाने, रसुवा ।

‘आवधिक निर्वाचन,लोकतन्त्रको आधार’ भन्ने नारासहित चौथो निर्वाचन दिवस सम्पन्न भएको छ।

बुधबार जिल्ला निर्वाचन कार्यालय रसुवाको आयोजनामा सप्ताह व्यापि रूपमा विद्यालय स्तरमा निर्वाचन प्रकृया अन्तरगत ९ मतदाता दर्ता,मतदान,मतगणना,मतदाता शिक्षा,निर्वाचन आचार सहिता बारे जानकारि दिईएको थियो ।

छ दिनसम्म जिल्ला भित्रका विद्यालयहरुमा मतदान बारे जानकारि दिई वक्तित्वकला समेत गरिएको थियो । यस्तै, सातौ दिनमा प्रभात फेरि सहित समापन गरिएको थियो ।वक्तित्वकलामा प्रथम,द्वितीय,तृतियलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा जिल्ला स्थित रहेका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्