रसुवामा पनि ७० औँ प्रजातन्त्र दिवश मनाइयो



सरस्वति न्यौपाने, रसुवा । 

७० औँ प्रजातन्त्र दिवश रसुवामा पनि विविध कार्यक्रम सहित बुधबार मनाइएको छ ।

जनक्रान्तीका माध्यमबाट एक सय चार वर्षको शाणासासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनलाई स्मरणमा जिल्लामा पनि औपचारी समारोहका साथ दिवश मनाउदै आएको छ ।

दिवश भव्य रुपमा मनाउन प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीको प्रमुख संयोजकत्वमा जिल्ला समन्वय समिति रसुवाका उपप्रमुख छोपेमा तामाङका कालिजंग गणकाका गणपति सर्वेन्द्र नगरकोटी, जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख इन्द्र सुवेदी शसस्त्र प्रहरी २० नम्बर गुल्मका प्रहरी निरिक्षक अच्युत मणी अधिकारी, समन्वय समितिका समन्वय अधिकारी लाङटाङ राष्ट्रिय निकुन्जका प्रमुख सुस्मा राना रसुवा माविका प्र.अ. तेम्पा रिसाङ घले सन्चार कर्मी सहित नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, महिला नेतृ देवकी रैला लगाएतका सरोकारवालाहरुको उपस्थितिमा र्‍याली सहितको विभिन्न कार्यक्रम गरिएको थियो ।

यस्तै जिल्ला समन्वय प्रमुखको नेतृत्वमा विभिन्न समिति गठन गरी जहाँनिया राणा शासन विरुद्ध जनताले आन्दोलन रगत बगाए पछि राणा शासक जनता समक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र भएको घोषणा भएको फागुन ७ गते शहिदहरुको सम्झना स्वरुप मनाउँदै आएको हो ।

प्रतिक्रिया दिनुहोस्