‘गुण्डा नाइके’ लामा पक्राउ



न्युज अफ नेपाल, काठमाडौँ ।

‘गुण्डा नाइके’ सत्यमान लामा पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरेर प्रहरीसँग झगडा गरेको आरोपमा महराजगञ्ज प्रहरीले लामालाई सोमबार राति पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरेर सवारी चलाएका लामालाई सांग्रीला होटल अगाडि प्रहरीले रोकेर जाँच गर्ने क्रममा उनले प्रहरीसँग झगडा गरेका थिए ।

सुरुमा प्रहरीलाई पक्राउ परेका व्यक्ति लामा भएको थाहा थिएन । पक्राउ परेपछि मात्र प्रहरीले उनी गुण्डा नाइके लामा रहेको थाहा पाएको थियो ।

लामालाई हाल महानगरीय प्रहरी प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।

यसअघि प्रतिनिधिसभा सदस्य नवीना लामाले लामा पक्राउ परेको केही घन्टा बित्न नपाउँदै जमानतमा रिहा गराएकी थिइन्।

त्यसपछि पनि महानगरीय अपराध महाशाखाको टोलीले चेक बाउन्सको केसमा उनलाई पक्राउ गरेको थियो।

पक्राउ परेका लामा गुन्डा नाइके दावा लामाका सहयोगी हुन् ।

प्रतिक्रिया दिनुहोस्