छात्रामाथि यौन दुव्र्यवहार गर्ने शिक्षक प्रहरीको फन्दामा



न्युज अफ नेपाल, भद्रपुर ।

जना छात्रामाथि पटक– पटक यौन दुव्र्यवहार गरेको आरोपमा विद्यालयका शिक्षक प्रहरीको फन्दामा परेका छन् । अभिभावकले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीले पक्राउ गरी मुद्दा दर्ता गराएको हो ।

झापा बुद्धशान्ती ६ का २१ वर्षीय नरेन्द्र थापा सोही स्थानको बालमिकी शिक्षा सदनमा २२ महिना यताबाट कार्यरत शिक्षक हुन् । अविवाहित शिक्षक थापाले कक्षा ४ मा अध्ययनरत १० – ११ वर्षीया ६ जना बालिकालाई विभिन्न मितिमा पटक – पटक यौन दुव्र्यवहार गरेको आरोप छ ।

पहिलो घटना ०७५ चैत्र २१ गते शिक्षक थापाले उनीहरुमाथि यौन दुव्र्यवहार गरेको पीडितका परिवारको दाबी छ । त्यसैगरी ०७६ असोज १३ गते पनि उनले यौनदुव्र्यहार गरेको आरोप छ । त्यसैगरी माघ १४ गते पटक – पटक बालिकाहरुको संवेदनशिल अङ्गमा हात प्रयोग गर्दै आइरहेको अभिभावकले आरोप लगाएका छन् ।

एकजना बालिका स्कुल जान नमानेपछि अभिभावकले सोदपुछ गर्दा बालिकाले घटना बताएपछि एकपछि अर्को हुँदै शिक्षक थापाको कर्तुत वाहिर आएको थियो । थापाले मुख थुनेर संवेदनशील अङ्गमा चलाउने गरेको बालिकाले सुनाएकी थिइन् ।

बालिकाका ६ जना अभिभावकले फागुन २ गते उजुरी दिएपछि सोही दिन पक्राउ गरी इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले बताउँनुभयो । विद्यालयमा र ट्युसन पढाउने क्रममा थापाले बालिकाहरुमाथि यौन दुव्र्यवहार गर्दै आइरहेको उजुरीमा पाइएको उहाँले जानकारी दिनुभयो ।

पक्राउ परेकै दिनबाट लागूहुने गरी अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उहाँले जनाउँनुभयो । बाल यौन दुव्र्यवहार कसुरमा ६ जना पीडित परिवारले दिएको उजुरीका आधारमा मुद्दा दर्ता गरिएको उहाँको भनाइ छ । बालिकाको स्वास्थ्य चेकजाँच गरी रिपोर्ट भने आउन बाँकी रहेको वुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्