‘चीन हामी साथ छौं’ भन्दै ललितपुरमा प्रदर्शन

188
Shares

न्युज अफ नेपाल, ललितपुर ।

नेपालको मित्र राष्ट्र छिमेकीमा फैलिएको कोरोना भाईरसको सक्रमणबाट बचाउन चीन सफल होस् भन्ने कामना गर्दै अरनिको सांस्कृतिक एवं ब्यावसायिक प्रवर्द्धन समाजले पाटन दरबार क्षेत्रमा एक कार्यक्रमको आयोजना गरेको छ ।

चीन हामी साथ छौं भन्ने नाराका आयोजित सो कार्यक्रममा विद्यार्थीहरु, स्थानीय, विदेशी पर्यटकहरू, सांसद, राजनैतिक दल का नेताहरु लगायत को उपस्थिति रहेको थियो ।

सो अवसरमा समाजका अध्यक्ष अजरमान जोशीले चीन नेपालको एक असल छिमेकी मित्र राष्ट्र हुनुका साथै परापूर्वकाल देखि हाम्रो सांस्कृतिक सम्बन्ध रहेको स्मरण गराउँदै छिमेकी मित्र राष्ट्र लाई परेको यस दुखद घडी हाम्रो साथ रहेको सन्देश दिन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।