भारतीय कारको टायरभित्र गाँजा



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडामा शनिबार विहान करिब ८ः३० बजे हेटौंडा–१९ मा पर्ने पूर्वपश्चिम लोकमार्गको सडकखण्डमा प्रहरीले भारतीय कारबाट गाँजा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रनानि राजेशकुमार यादबको कमाण्डमा खटिएको चेकिङ टोलीले मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको जेएच ०९ ए ८३६१ नम्बर भारतीय कारका भारतीय यात्रीलाई पक्राउ गरेको हो ।

भारतको पश्चिम चम्पारण, जिल्ला बेतिया गौरीकोट बस्ने वर्ष ४० का भगवान यादबलाई नियन्त्रणमा लिएर चेक गर्दा कारको सिटमुनि ३० किलो ६ सय ग्राम र अतिरिक्त टायरभित्र ३ किलो गरी ३३ किलो ६ सय ग्राम गाँजा लुकाइल्याएको अबस्थामा गाँजा र कारसहित नियन्त्रणमा लिइएको हो ।

उनलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपियाँसम्म जरिवाना तथा सवारीसाधन जफत हुने कानुनी प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्