फास्ट ट्रयाक छिट्टै सम्पन्न हुन्छः सांसद आलेमगर



विमल विष्ट, डोटी ।
कैलालीको धनगढी, खुटिया, बिपिनगर, दिपायल हुँदै बझाङ जिल्लाको ताक्लाकोट उरै भन्ज्याङ जोड्ने फास्ट ट्रयाक आफ्नो कार्यकालमा पुरा गर्ने डोटीवाट निर्वाचित संघीय सांसद प्रेमबहादुर आलेमगरले वताउनु भएको छ ।

भारत र चिन जोड्ने गरि वझाङ्ग हुँदै ताक्लाकोटसम्म सहायक राजमार्गका रुपमा फास्ट ट्रयाक विस्तार गर्न लागिएको उहाँले वताउनुभयो । डोटीको शिखर नगरपालिका १ कपल्लेखीमा शनिवार आयोजित डड्यानी खानेपानी आयोजनाको उद्घाटन गर्नु हुँर्दै संघीय सांसद आलेमगरले सो कुरा वताउनु भएको हो ।

सोही अवसरमा वोल्दै उहाँले प्रदेशको अस्थायी राजधानी धनगढी तोकिएकै कारण स्थायी राजधानी दिपायल वनाउन नसकिएको भन्दै आफुले दिपायललाई राजधानी वनाउन हर सम्भव प्रयास गरेको जिकिर गर्नु भयो ।

जन चाहाना अनुसार जिल्लाको विकासमा आफु लागि परेको बताउदै उहाँले पश्चिम सेती आयोजना सुरु गर्ने गरी वर्तमान सरकारले काम थालनी गरि सकेको जानकारी दिनुभयो । डोटी कपल्लेकी स्थित जोशी गाउँमा सम्पन्न उक्त खानेपानी आयोजना संघीय सरकारको झण्डै एक करोडको लागतमा निमार्ण कार्य भएको हो ।

डड्यानी खानेपानी आयेजनावाट ६४ घरपरिवार लाभान्वित भएका छन् । करिव नौ किलो मिटर टाढाको मूलबाट खानेपानी बस्तिसम्म पुर्याइएको र सबै घरधुरीलाई पाएक पर्ने गरी ५३ वटा मिटर धारा जडान गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय राजपुरका इन्जिनियर कृष्ण बोगटीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्