जुवातास खेलिरहेको अवस्थामा ३० जना पक्राउ



काठमाडौं ।

काठमाडौंकाे तारकेश्वर नगरपालिका-९ मनमैजु डेरा गरी बस्ने नुवाकोट पंचकन्या गाउँपालिका-२ घर भएका ३८ वर्षीय दिनेश पन्तको कोठामा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा पन्त लगायत १६ जनालाई नगद ६ लाख २५ हजार रुपैयाँ र ६ बुक तास सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तैगरी, पाल्पाकाे रामपुर नगरपालिका-५ रानाटोल बस्ने रुद्र कुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत १४ जनालाई  नगद १ लाख ३ हजार २ सय ८५ रुपैयाँ र ८ बुक तास सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्