विभिन्न विष्फोटक पदार्थ सहित ५ जना पक्राउ



संखुवासभा ।

चैनपुर नगरपालिका-१ गुफापोखरीस्थित दोभानेबाट सकेट बम १ थान, रेडबुल बम १ थान र बिभिन्न कागजातहरु सहित ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चैनपुर नगरपालिका-४ बस्ने २७ वर्षीय सन्तोष तामाङ, अजय शेर्पा, सभापोखरी गाउँपालिका-३ बस्ने एलिना राई, भोजपुर षडानन्द नगरपालिका-१० बस्ने प्रभा तामाङ र ताप्लेजुङ तातोपानी गाउँपालिका-१ बस्ने निमनेम्बा शेर्पा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरी तलासी गर्दा उक्त बिष्फोटक पदार्थहरु र बिभिन्न कागजातहरु फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्