सिन्धुलीको होटलमा पूर्वसेनानी मृत भेटिए



न्युज अफ नेपाल, सिन्धुली ।

सिन्धुलीको कमलामाई नगरपालिका ४ ढुंग्रेवासस्थित एक होटलमा पूर्व सेनानी मृत भेटिएका छन् । मुस्कान होटलको कोठाभित्र मोरङ घरभएका ५९ वर्षीय नेपाली सेनाका पूर्वप्राविधिक प्रमुख सेनानी ज्ञानेन्द्रबहादुर रिजाल मृत भेटिएका हुन् ।

राती खाना आएर सुतेका रिजाल विहान अबेरसम्म पनि नउठेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुग्दा रिजाल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृतक रिजालको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ।

घटनाका बारेमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्