प्याब्सनले गर्‍यो विद्यार्थी र शिक्षकहरुको नृत्य प्रतियोगिता



मोतीराम तिमल्सिना, काभ्रे ।

नीजि तथा आवासिय विद्यालय अर्गनाईजेशन (प्याब्सन) को आयोजनामा विद्यार्थी र शिक्षकहरुको छुट्टा–छुट्टै जिल्ला स्तरीय नृत्य प्रतियोगिता आयोजना गरिएको छ ।

संस्कृति संरक्षण गर्ने उदेश्यले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन समेत हुने गरी नृत्य प्रतियोगिता आयोजना गरिएको जिल्ला अध्यक्ष पूर्णकुमार श्रेष्ठले बताउनु भयो । विद्यार्थीसँगै विद्यालयमा कार्यरत शिक्षकहरु बीचको एकता र भातृत्व समेत रहने गरी यहि वर्ष वर्ष देखि शिक्षकहरुको एकल नृत्य प्रस्तुत गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । अतिरिक्त कृयाकलाप संयोजक एवं प्याब्सन काभ्रेका उपाध्यक्ष भरतबहादुर केसीका अनुसार प्रतियोगितामा २५ विद्यालयका विद्यार्थीहरुले विभिन्न जातिसँग सम्वन्धीत गितमा नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा सहभागि विद्यालयहरु मध्ये पाँचखाल भ्याली पहिलो भयो भने नवरत्न मावी पनौती दोश्रो भयो ।

त्यस्तै बाग्मती बोर्डिङ्ग स्कुल बनेपा तेश्रो भयो । विजयी विद्यालयका विद्यार्थीहरुलाई प्रमाणपत्र, शिल्ड र मेडल प्रदान गरिएको थियो । प्याब्सन केन्द्रिय सचिव भिमसेन केसीले विजयी विद्यालयका विद्यार्थी तथा शिक्षकहरुलाई प्रमाणपत्र, शिल्ड र मेडल प्रदान गर्नु भएको थियो ।

प्रतियोगितामा एकल शिक्षक खुल्ला तर्फ क्षितिज स्कुल बनेपाका शिक्षक करुणा थापा प्रथम, काभ्रे ईङ्गलिस स्कुल पनौतीका शिक्षक अस्मिता सापकोटा र नमोबुद्ध मावी शंखुका शिक्षक पुजा श्रेष्ठ तेश्रो भएका थिए । प्रतियोगितामा बरिष्ठ नृत्य निर्देशक प्रदिप विष्ट र नृत्य निर्देशक राज चवालले निर्णायकको भूमिका निभाउनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी केन्द्रिय सचिव भिमसेन केसीले विद्यालयहरु बीचको सम्वन्ध विस्तारसँगै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उदेश्यले आयोजना गरिएको कार्यक्रम प्रभावकारी भएको बताउनु भयो । विद्यार्थीसँगै शिक्षकहरुको क्षमतालाई सबैका सामु प्रस्तुत गरी अभिभावकत्व ग्रहण गर्नेहरु बीच भएको प्रतिस्पर्धाले जीवनमा अतिरिक्त कृयाकलापबाट धेरै कुरा सिक्न सकिने बताउनु भयो । अध्यक्ष पूर्णकुमार श्रेष्ठले विद्यार्थीसँगै शिक्षकहरु बीचको भावनात्मक सम्वन्धलाई अझै प्रगाढ बनाउन सहयोग पुगेको बताउनु भयो ।

कार्यक्रममा पुर्व अध्यक्ष सत्यनारायण श्रेष्ठ, विभिन्न विद्यालयका प्रिन्सिपलहरु, शिक्षकहरु, विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्याब्सन काभ्रेले अतिरिक्त कृयाकलाप अन्र्तगत क्विज, फुटसल प्रतियोगिता आयोजना गरेको उपाध्यक्ष भरतबहादुर केसीले बताउनु भयो । कार्यक्रम सह सचिव छविरमण पराजुलीले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्