बैतडीमा ढिके नुनको प्रयोग बढी



मानबहादुर बोहरा, बझाङ ।

बैतडी जिल्लाको च्वागड क्षेत्रका विभिन्न गाउँमा खानलाई ढिके नुन प्रयोग हुँदै आएको छ । केहिले आयोडिन युक्त पोकानुन प्रयोग गर्ने भएपनि अधिकांसले ढिके नुन नै प्रयोग गर्ने गरेको स्थानीयको भनाई छ । “कसैले आयोडिन नुनलाई मन पराउँदैनन् । कसैले नुनको मात्रा मिलाउन नजारेर आयोडिन नुन प्रयोग गर्दैनन्, बैतडी सीगास गाउँपालिका वडा नंम्बर ७ का स्थानीय धनबहादुर ऐरले भने, – ढिके नुन भन्दा आयोडि युक्त नुन केहि महंगो भएर पनि धैरेले प्रयोग गर्दैनन् ।”

स्थानीय बजारमा ढिके नुन १५ रुपैयाँमा प्रतिकिलो पाउँछ भने आयोडिन युक्त पोकानुनको प्रतिकिलो २० रुपैयाँ पर्ने गरेको छ । खानको लागि ढिके नुन भन्दा आयोडिन युक्त पोका नुन फाइदाजनक भए पनि धेरैलाई चेतनाको अभाव रहेको छ । केहिलाई चेतनाको अभाव र केहिलाई महंगो लाग्ने भएकोले पनि पोकानुन भन्दा ढिके नुनले नै बढवा पाएको सिगासकै प्रेम सिंह साउँदले बताए ।

प्रायः पाको उमेरका बुढावुढीले आयोडिनि युक्त नुन भन्दा ढिके नुन नै प्रयोग गर्ने गरेको स्थानीय युवा हिमाल साउँदले बताए । चेतनाको अभावले पनि आयोडिन युक्त नुनको प्रयोग गर्नेको संख्या बढ्न नसकेको हुन सक्ने उनको बुझाई छ ।

यसैबीच, साल्ट ट्रेडिङ डिपो कार्यालय बैतडीका प्रमुख नरेन्द्र धामले पनि चेतना अभावकै कारण आयोडिन नुनको प्रयोग कम हुने गरेको बताए । उनले चाँडै चेतनामूलक कार्यक्रमको आयोजना गरिने र आयोडिन युक्त पोका नुनको व्यवस्था मिलाइने बताए ।

प्रतिक्रिया दिनुहोस्