देविकाले ल्याइन् पहिलो मारुनी



लोकप्रिय गायिका देविका वन्दनाले पहिलोपटक गाएको मारुनी गीत सार्वजनिक भएको छ।उनको भोलिलाई कस्ले पो देख्या छ बोलको पहिलो मारुनी गीत म्युजिक भिडियोसहित हालै सार्वजनिक भएको हो।

नरहरि प्रेमीको शब्द तथा संगीत रहेको मारुनी गीतमा आकाश श्रेष्ठ, निशा गुरुङ र विशाल गुरुङको सागमा विनी एरोविक एण्ड डान्स एकेडेमी पोखराको डान्स ग्रुपलाई फिचरीङ गरिएको छ। म्युजिक भिडियोमा मारुनी नाच्ने रीतिलाई रमाइलो ढंगले प्रस्तुत गरिएको छ।

दीप शाक्य श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको गीतको म्युजिक भिडियो अनिल श्रेष्ठले निर्माण गरेका हुन् भने भिडियोमा सञ्जय लामाको छायांकन तथा विजेश पौडेलको सम्पादन रहेको छ। गीतको भिडियोलाई देविकाकै अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्