बझाङको साइपालमा खाद्यान्नको अभाव



मानबहादुर बोहरा, बझाङ ।

बझाङको साइपाल गाउँपालिकाका केहि वडामा खाद्यान्नको अभाव भएको छ । केहि साता अघि भएको भारी हिमपात पछि बन्द भएको घोरेटो बाटो अझै खुल्न नसकेको हो । हिउँ नपग्लीए पछि भेडा तथा खच्चरबाट सामान ढुवानी गर्न नसकिएको बताइएको छ ।

“हिउँले बाटो बन्द भएको छ । भेडा खच्चर लिन अप्ठ्यारो छ, साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले भने, ‘बाटोको हिउँ नपग्लीए पछि सामान ढुवानी गर्नमा कठिनाई भएको हो । खाद्यान्नको अभाव भए पनि औषधी मान्छेबाट ढुवानी गरीएको छ ।”

अध्यक्ष धामीले गाउँपालिकाका १ र २ नम्बर वडामा खच्चर तथा भेडा मार्फत सामान ढुवानी भइरकेको भएपनि ३, ४ र ५ नम्बर वडामा खाद्यान अभाव हुन थालेको बताए । ती वडा हरुमा झण्डै १५ सय हाराहारीमा जनसंख्या रहेको बताइएको छ । साइपाल भौगोलीक रुपमा ठूलो र विकट गाउँपालिका हो ।

साइपालका विभिन्न गाउँहरुमा पुग्न सदरमुकाम चैनपुरबाट ३ देखी १ हप्ता दिन सम्म हिड्नुपर्ने बाध्यता रहि आएको छ ।

प्रतिक्रिया दिनुहोस्