पर्वतमा बसको ठक्करबाट एक जनाको मृत्यु



न्युज अफ नेपाल, पर्वत ।

पर्वतको सदरमुकाम कुश्माबजारस्थित शिवालय चोकमा बसको ठक्करबाट आइतबार दिउँसो एकजनाको मृत्यु भएको छ।

हिमालपारीको जिल्ला मुस्ताङबाट पोखराका लागि छुटेको ग. १ख ७००३ नम्बरको बसले ठक्कर दिँदा पर्वतकै मोदी गाउँपालिका–४ लेस्पार घर भएका ३४ वर्षीय डिलबहादुर फगामी पुनको मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते बनेका पुनलाई उपचारको लागि पर्वत अस्पताल लगिएको भए पनि केहीबेरमै चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी, प्रहरी निरीक्षक विकास थापाले जानकारी दिनुभयो ।

मृतक पुन श्रीमती र एक बर्षे सन्तान सहित म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको भुरुङ्ग तातोपानी स्थित ससुरालीबाट घर फकर्ने क्रममा बसबाट झरेको केही समयमा नै बसले ठक्कर दिएको थियो । ससुरालीबाट ल्याएका सुन्तला पोखरा पठाउने र घर लैजाने तयारीमा रहेका बेला ठक्कर दिएको थियो । उहाँका अनुसार बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्