घाम ताप्दै गरेका शिक्षकको लडेर मृत्यु



न्युज अफ नेपाल, मुगु ।

घाम ताप्न बसेका ठाउँबाट लडेर एक जना शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा खत्याड गाउँपालिका–३ बुगागाउँस्थित कालिका माविमा कार्यरत २७ वर्षीय शिक्षक जयबहादुर शाही रहेको प्रहरीले जनाएको छ ।

शनिबार गाउँ नजिकै रहेको धारामा नुहाइधुवाइ गरी घाम तापेर बसिरहेका शाही बसेको ठाउँबाट एक्कासी लडेका थिए । उनी बेसेको स्थान ओरालो रहेका कारण उनी २०० मिटर तल खसेका थिए । शाहीको टाउको र छातीमा चोट लागेपछि उपचारका लागि रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याइएको थियो । उपचारको क्रममा शाहीको शनिबार राति ११ बजे मृत्यु भएको प्रहरीले बताएको छ ।

शाही बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरका हुन् । उनका परिवारलाई खबर गरिसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्