शिक्षा तथा मानव विकासमा थपलिया



काठमाडौं, (नेस)।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा डा. तुलसीप्रसाद थपलिया नियुक्त हुनुभएको छ। माघ १८ गते महानिर्देशक बाबुराम पौडेल उमेर हदका कारण अवकाश भएपछि सो पद रिक्त थियो। थपलियालाई २४ गते नियुक्ति गरिएको हो।

महानिर्देशकको जिम्मेवारी पाउनुभएका डा.थपलिया असोजबाट केन्द्रमा उप–महानिर्देशकको रूपमा कार्यरत हुनुहुन्थ्यो।महानिर्देशको पद रिक्त हुनासाथ शिक्षाका आधा दर्जन सहसचिव महानिर्देशक बन्न दौडमा लागेका थिए।

प्रतिक्रिया दिनुहोस्