‘रोगै पिरतीको’ म्यूजिक भिडियो सार्वजनिक (भिडियाेसहित)



काठमाडौँ  ।
गायक सुनिल गिरीको नयाँ गीत रोगै पिरतीको म्यूजिक भिडियो सार्वजनिक भएको छ । लाम क्यारे माया बोलको गीतले चर्चा बटुलीरहेकै बेला गायक गिरीले शनिबार आफ्नै च्यानलबाट रोगै पिरती बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
तनहुँ आसपासका स्थानमा गाउँले परिवेशमा तयार पारिएको भिडियो हेर्दा हरेक प्रेमील जोडीले आफ्नो वैशाँलु उमेरमा बिताएको प्रेम र विछोडका विभिन्न चरणहरुलाई जीवन्त शैलीमा प्रस्तुत गरिएको छ ।

गायक  स्वयमको अभिनय रहेको गीतको भिडियोमा समिक्षा क्षेत्रीको अभिनय देख्न सकिन्छ । मनोज कार्कीको सम्पादन तथा मोसन ग्राफिक रहेको भिडियोको निर्देशन अनिलकृष्ण मानन्धरले गरेका हुन् । निर्देशक मानन्धरकै छायांकन रहेको गीतको एजेन्ज, कम्पोज पनि गायक गिरीकै हो ।

https://www.youtube.com/watch?v=OgVoX1pYZlE

प्रतिक्रिया दिनुहोस्