ज्ञान निकेतन विजयी



काठमाडौं, (नेस)।

ज्ञान निकेतनले नवौं इनोभेटिभ कप अन्तर्विद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार जित हात पारेको छ। ज्ञान निकेतनले हिमालीलाई ५३–४० ले पराजित गर्यो। टोलीको जितमा विवेक यादवले २० अङ्क योगदान गरे।

त्यस्तै पुष्पसदनले कर्माको २२ अङ्क सहयोगमा हिमालयनलाई ४७–२६ ले हरायो। आयोजक इनोभेटिभले एआईएलाई ४९–१२ ले सहजै हरायो। टोलीको जितमा कृजल अवालेले १५ स्कोर गरे। गल्र्सतर्फ भएको एक मात्र खेलमा नेरिकले एसियन पब्लिकमाथि २१–२० को कठिन जित दर्ता गर्यो।

प्रतिक्रिया दिनुहोस्