सुनकोसी तेस्रो जलविद्युत  आयोजनाप्रति स्थानीय उत्साहित 



मधसुदन रायमाझी
रामेछाप र काभ्रेको सीमानामा निर्माण हुने सुनकोसी–३जलाशाययुक्त जनलविद्युत आयोजना अगाडि बढाउने सरकारको तयारीप्रति स्थायीय उत्साहित भएका छन्। सरकारले प्राथमितामा परेको सुनकोसी तेस्रो ६८३ मेगावाट जलविद्युत आयोजना अगाडि बढाउने तयारी सरकारले गरेको छ।
‘कोसीमा निर्माण भइरहेका र भविष्यमा निर्माण गर्न सकिने आयोजनाका कारण ठूलो ड्याम बन्छ। त्यसलाई भारतको कोलकात्तासँग जोडेर पानीजहाज ल्याउन सकिन्छ’, मन्त्री पुनले भन्नुभयो,‘त्यसो भयो भने हामी समुन्द्र मार्फत अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्छौं।
उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आयोजनास्थलको स्थलगत अवलोकन गर्दै आयोजना बनाउने प्रतिबद्धता जनाउनुभएको छ।

मुलुकको औद्योगीकरण र व्यवसायीकरणका लागि आवश्यक विद्यु्त देशभित्रै उत्पादन गर्ने र बढी भएको छिमेकी मुलुकमा बिक्री गर्ने लक्ष्यसहित सरकारले ठूला आयोजनामा ध्यान केन्द्रित उहाँले बताउनुभयो।

‘कोसीमा निर्माण भइरहेका र भविष्यमा निर्माण गर्न सकिने आयोजनाका कारण ठूलो ड्याम बन्छ। त्यसलाई भारतको कोलकात्तासँग जोडेर पानीजहाज ल्याउन सकिन्छ’, मन्त्री पुनले भन्नुभयो,‘त्यसो भयो भने हामी समुन्द्र मार्फत अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्छौं।’
सुनकोसी–३ को बहुआयामिक महत्व रहेको र ती आयोजना निर्माण हुँदा मुलुकलाई मात्र फाइदा पुग्ने नभई स्थानीयको जीवनस्तर माथि उठ्ने भएकाले सहयोग गर्न मन्त्री पुनले आग्रह गर्नुभएको छ। आयोजना निर्माण गर्दा सरकारले घर तथा खेतीयोग्य जमिन गुमाउने परिवारलाई उचित मुआब्जा दिने, रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइने तथा उचित पुनर्बास गराइने उहाँले बताउनुभयो। सुनकोसी–३ को सम्भाव्यता अध्ययन आगामी मंसिरसम्म सकिने र उक्त आयोजना बन्ने निश्चित भइसकेको बताउदै मन्त्री पुनले देशलाई फाइदा हुने आयोजना छिट्टै अगाडि बढने बताउनुभयो।
अपर तामाकोसीदेखि सुनकोसी–१, सुनकोसी–२, सुनकोसी–३ र कोसी उच्चबाँधमा निर्माण हुने विशाल ड्याम भारतको कोलकात्तासँग जोडेर पानीजहाज समेत चलाउन सकिने बारेमा पनि अध्ययन भइरहेको मन्त्री पुनले बताउनुभयो।

सुनकोसी–३ को पहिचान तथा प्रारम्भिक अध्ययन जापानी सहयोग नियोग (जाइका) सन् १९८५ मै गरेको थियो। अध्ययनले सुनकोसी–३ का लागि रामेछाप–काभ्रेको सीमाना दोभनटारमा १ सय ४० मिटरको बाँध बनाएर ६८३ मेगावाट विद्युत उत्पादन गर्न सकिने औंल्याएको थियो।

तर, विद्युत विकास विभागले गरिरहेको पछिल्लो अध्ययनले सुनकोसी–३ बाट ६४० मेगावाट विद्युत उत्पादन हुन सक्ने देखिएको छ। विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंहले आगामी मंसिरभित्र सम्भाव्यता अध्ययनको काम सकिने बताउनुभयो। उहाँले भन्नुभयो,‘सुनकोसी तेस्रो जलविद्युत आयोजना निर्माण गर्न बंगलादेश सरकारले चासो देखाएको छ।’
२०७४ वैशाखदेखि परामर्शदाता कम्पनी चीनको जेभी अफ सांघाई इन्भेष्टिगेशन, डिजाइन एण्ड सिसर्च इन्ष्टीच्युट (सीआइडीआरआई) र नेपालको इन्भाइरोमेन्ट एण्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट प्रा.लि. (इआरएमसी) मार्फत सुनकोसी–३ जलविद्युत आयोजनाको अध्ययन भइरहेको छ। अध्ययनले बाँधस्थल लुभुघाटमा सार्दा आयोजना सस्तोमा बन्ने तथा बढी विद्युत उत्पादन हुन सक्ने देखाएको छ।
आयोजनाको वातावरणीय प्रभाव अध्ययन मूल्याङ्कन (ईआईए) समेत सुरु भइसकेको इआरएमसीको सञ्चालक उद्धवराज चौलागाईले बताउनुभयो। सुनकोसी–३ को बाँधस्थल काभ्रेको तिमाल गाउँपालिका र रामेछापको खाँडादेवी र  सुनापाती गाउँपालिकाको सीमामा निर्माण हुन्छ।

१ सय ६६ सय मिटर उचाई र ६ सय ५० मिटर लम्बाइको ड्याम निर्माण हुने विभागले बताएको छ। जलाशय करिब ३० किलोमिटर लामो निर्माण हुन्छ। आयोजनको विद्युत गृह काभ्रेको तिमाल गाउँपालिका–९ तित्रेटारमा बन्नेछ।

आयोजनाबाट करिब १ हजार जनसंख्या पूर्णरुपमा विस्थापित हुने सम्भाव्यता अध्ययनले देखाएको छ।। आयोजनाका लागि ४ हजार २ सय हेक्टर जमिन प्रयोग हुन्छ। आयोजनाले काभ्रेको दोलालघाट बजार पूरै डुबानमा पर्नेछ।

खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले आयोजना अगाडि बढाउनको लागि स्थानीय सरकारको तर्फबाट खेल्नु पर्ने रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले भन्नुभयो,‘जलाशयुक्त आयोजना निर्माण हुनु यस क्षेत्रका बासिन्दाको लागि ठूलो अवसर हो, आयोजनाबाट रामेछापवासीको जीवनस्तरमा नै परिवर्तन ल्याउछ।’
रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले रामेछापवासीलाइ मात्र नभई राष्ट्रलाई नै सुनकोसी तेस्रो जलविद्युत आयोजनाले टेवा पुर्याउने बतानुहुन्छ। उहाँले भन्नुभयो,‘आयोजना निर्माणको प्रक्रिया अगाडि बढाउनको लागि निरन्तर रुपमा सरकारलाई घचकच्याउने काम गरिरहेको छु।’ उर्जा मन्त्री बर्षमान पुनले आयोजना अगाडि बढाउन गरेको प्रतिबद्धता सकारात्मक रहेको बताउदै छिटो भन्दा छिटो आयोजना अगाडि बढाउनु पर्ने पक्षमा पहल गरिरहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्