प्रेस युनियन रसुवाको अध्यक्षमा कोईराला



सरस्वती न्यौपाने, रसुवा ।

नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन रसुवा जिल्ला कार्य समितिको आईतबार लहरेपौवामा सम्पन्न तेश्रो अधिवेसनले नयाँ जिल्ला कार्य समिति गठन गरेकोे छ ।

नेपाल टेलिभिजन रसुवा संवाददाता शुसिल कोईरालाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्वतले निर्विरोध चयन गरेको हो ।

कार्य समितिको उपाध्यक्षमा शसि कुमार डङगोल, महिला उपाध्यक्ष झरना नेपाली, सचिव आशिष तामाङ, सह सचिव सङ्गीता तामाङ र कोषाध्यक्षमा सुवास घिमिरे रहनु भएको छ ।

अन्य सदस्यहरुमा सन्तोषी तामाङ, रक्षा न्यौपाने, पुरुषोतम पौडेल, साधुराम सापकोटा र सन्दिप पौडेल रहनुभएको बताइएको छ ।
आगामी चैत्र २१ र २२ गते नेपालगञ्जमा हुने नवौँ केन्द्रिय महाअधिवेशनका लागी पाँच केन्द्रिय प्रतिनिधि र प्रदेश प्रतिनिधिका लागी ६ जना समेत सर्वसम्वतले चयन भएको नवगठित पदाधिकारी हरुले बताएका छन् ।

कृष्ण थापाको अध्यक्षतामा सम्पन्न तेश्रो अधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिदै रसुवा बाट प्रतिनिधित्व गर्ने संघिय सांसद ईन्जिनियर मोहन आर्चायले पे्रश तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफु निरन्तर अग्र मोर्चामा रहेको उल्लेख गर्दै राज्यको चौथो अङ्गमा रहेका पत्रकार जगतले सहि सुचना मा आधारित सत्य तथ्य समाचार निरन्तर सम्प्रेशन गरि अगाडि बढ्नेमा आफुु विश्वस्त भएको बताउनु भयो ।

उहाँले हिमाली जिल्ला रसुवा को विकट ठाउँ, हिमपातको चिसो मौसम लाई समेत कुनै प्रवाह नगरि यहाँका हरेक गतिविधिका समाचार पाठक सामु पुर्‍याउन पत्रकारले गरेको योगदान प्रति उच्च प्रशंसा गर्नुभयो ।

प्रत्येक गाउँ टोलमा यातायातको पहुँच पुर्‍याई जनताको आवश्यकता छिटो छरितो परिपुर्ति गर्नुपर्छ भन्ने मान्यताका साथ आफ्ना निजि उपकरण सडक निर्माण एवम मर्मतका लागी सहयोग गर्दै आउनुभएका सामाजिक अभियान्ता सांसद आचार्यले पत्रकारको हक हितमा आफु निरन्तर अगाडि बढ्ने समेत प्रस्ट पार्नुभयो ।

नव निर्वाचित पदाधिकारी लाई पे्रश युनियनका महासचिव अजय बाबु शिवाकोटि र केन्द्रिय प्रतिनिधि प्रदिप चापागाईले टिका र खादा लगाई स्वागत गर्दै संस्थागत हक हितको संरक्षण र पत्रकारको भुमिका निर्वाह गर्न सवै क्षेत्रको सहयोग निरन्तर मिल्नेमा आशावादी भएको बताउनु भयो ।

यसैगरि उद्घाटन सत्रमा नेपाली कांग्रेस रसुवाका सभापति पेम्बा छिरिङ तामाङ, उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्साल, नेपाली कांग्रेस जिल्ला सदस्य उत्तम थापा, महिला सञ्जालकी अध्यक्ष सुनिता गुरुङ र पे्रश संगठनका संयोजक वलराम घिमिरे समेतका वक्ताले अधिवेशन सफलताको शुभकामना दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्