लाङटाङ-क्याङजिङमा प्रभु बैँकको नयाँ शाखा सञ्चालनमा

0
Shares

सरस्वतीर न्यौपाने, रसुवा ।

गोसाईकुन्ड गाउँपालिका वडा नम्बर ४ लाङटाङ-क्याङजिङमा प्रभु बैँकले नयाँ शाखा सन्चालनमा ल्याएको छ ।

लाङटाङमा कुनै पनि बैँकहरू नभएको अवस्थामा प्रभु बैँकले नयाँ शाखा सन्चालनमा ल्याएको हो । क्याङजिङ गुम्वाका प्रमुख साङ्गे लामाले उद्घाटन गर्दै अहिलेसम्म कुनै पनि बैँक तथा वित्तिय संस्थाहरू लाङटाङमा नआएकाले प्रभु बैँक आएपछि यहाँका स्थानीयलाई सहज भएको जनाएका छन् ।