वासिंगटन, (एजेन्सी)।
अमेरिकाले कोरोना भाइरसको बिगबिगीलाई मध्यनजर राख्दै सार्वजनिक स्वास्थ्य संकटकालको घोषणा गरेको छ। यसका साथ अमेरिकाले विगत दुई साताभित्र चीन भ्रमण गरेका कुनै पनि विदेशी नागरिकलाई अमेरिकामा प्रवेषआज्ञा नदिने निर्णय पनि गरेको छ।
अमेरिकी नीतिप्रति चीन आक्रोसित भएको छ। साथै चीनको हुवेई प्रान्तबाट फर्काइएका अमेरिकी नागरिकहरूलाई पनि १४ दिनसम्म क्वारेन्टाइन गरिने भएको छ। अहिले झण्डै १२ हजारवटा यस भाइरससंग सम्बन्धित घटना देखापरेका छन्। तीमध्ये अधिकांश घटना चीनमा नै देखिएका हुन्।











प्रतिक्रिया