चाबहिलबाट गैंडाको खागसहित दुई जना पक्राउ



न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौंको चाबहिलबाट प्रहरीले गैंडाको खागसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाबहिल ८ का ४६ वर्षीय लव खत्री र कपन एकतावस्तीका २२ वर्षीय दिनेश थापा रहेको प्रहरीले जनाएको छ ।

पच्चीस लाख रूपैयाँमा खाग बिक्री गर्न लागेको गोप्य सूचना पाएपछि अपराध महाशाखाको टोलीले उनीहरूलाई बुधबार साँझ चावहिलबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्