पल र पूजाको दुःखको काँडा



मयस्तो गीत गाउँछुको सफलतापछि निर्माता निर्देशक सुदर्शन थापाद्वारा निर्देशित म यस्तो गीत गाउँछु २ को दोस्रो गीत दुःखको काँडाको भिडियो हालै सार्वजनिक भएको छ।

गीतको भिडियोले रिलिज भएको छोटो समयमै युट्युबमा १४ लाखभन्दा बढी भ्युज पाएको छ। यो गीत निकै माधुर्य त लाग्छ नै, गीतअनुसार यसको भिडियो पनि आकर्षक र प्रभावकारी बनेको छ।

गीतको भिडियोमा नायक नायिका पल शाह र पूजा शर्माबीचको प्रेम सम्बन्धको आरोह अवरोह प्रस्तुत गरिएको छ। अस्ट्रेलियावासी गीतकार देवल भण्डारीको शब्दरचना रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने द भ्वाइस अफ नेपाल : सिजन २ का फाइनल प्रतिस्पर्धी सनिश श्रेष्ठले यो गीत गाएका छन्।

आगामी फागुन २३ गतेका लागि रिलिज डेट तोकिएको फिल्ममा पल र पूजाका साथमा हरिहर शर्मा, दिनेश डिसी, राजाराजेन्द्र पोखरेल, गणेश गिरी, सोनीका रोकायालगायतका कलाकारले मुख्य भूमिकामा अभिनय गरेका छन्।

निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माद्वारा निर्मित फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारी र दिनेश न्यौपानेको पटकथा, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन तथा बनिश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्