सांगीतिक मैना मैनी सार्वजनिक



निनाम हाङ राई र बबिन किराँतीको स्वरमा रहेको गीत मैना मैनी राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।
दिलीप राई ‘सागर’ को शब्द, सन्तोष दुमीको संगीत र दिवेश राईको एरेन्ज रहेको गीतमाथि म्युजिक भिडियोसमेत तयार पारिइएको छ।

भिडियो आंशिक राईले निर्देशन गरेका छन्। उदयपुरको बेलका नगरपलिकाको मैना मैनीको प्राकृतिक सौन्दर्यको वर्णन गरिएको गीतको भिडियोमा नग्मा श्रेष्ठ, निनाम हाङ राई, सरिता राई, मनीषा राईलगायतलाई फिचरिङ गरिएको छ। सुरज खनालले छायांकन गरेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ।

कार्यक्रममा प्रमुख अतिथि गीतकार संघका उपाध्यक्ष शुभ मुकारुङले गीत राम्रो रहेको र गीतको भिडियो पनि उत्कृष्ट रहेको भन्दै बधाई तथा शुभकामना दिएका थिए। पर्यटन वर्ष २०२० लाई लक्षित गरिएको यो गीतको भिडियोमा प्राकृतिक सुन्दरताले भरिपूर्ण मैना मैनी घुम्नका लागि गीतमार्फत आग्रह गरिएको गायक निनामले बताए।

प्रतिक्रिया दिनुहोस्