राष्ट्रिय कृषि गणना हुने



न्युज अफ नेपाल, विराटनगर

नेपालको कृषिको अवस्था र कृषिको विकासका लागि विभिन्न योजना वनाउने उद्देश्यले सातौं राष्ट्रिय कृषि गणना–२०७८ को तयारी सुुरु गरिएको छ । केन्द्रीय तथ्यांक विभागले विराटनगरमा आयोजना गरेको सरोकारवालासंग प्रदेशस्तरिय कार्यक्रममा विगतमा गरिएको कृषि गणनामा सोधिएका विषय वस्तुमा संशोधन तथा थप गर्नुुपर्ने विषयमा सरोकारवालाहरुको सुुझाव लिएको छ ।

विगतमा जिल्लास्तरमा मात्र कृषि गणना हुुदै आएकोमा स्थानियतहको समेत कृषि तथ्यांक उपलव्ध गराउनेगरि ७ सय ५३ वटा स्थानियतहको कृषक र कृषिको अवस्थाको वारेमा कृषिगणनागर्न लागेको केन्द्रिय तथ्यांक विभागका निर्देशक वद्री कार्कीले वताउनुभयो ।

उहाँका अनुुसार महिलाको नाममा रहेको जग्गा, कृषि विमा तथा अनुुदान, कृषिमा जलवायुु परिवर्तनले पुुर्याएको असर, वालीमा विषादीको प्रयोग,कृषि वालीको अवशेष तथा कृषि कार्यवाट सृुजित फोहरको व्यवस्थापन, कषि वन तथा हरित कृषि प्रणालीको अभ्यास तथा सरकारी सेवा सुुविधामा कृषकको पहुुँच कस्तो छ भन्ने विषयलाई समेत गणनामा समेटिने छ ।

यसपटकको गणनामा करिव २५ लाख कृषकको सुुचिकरण तथा अढाई देखी तिनलाख कृषकको बिस्तृत विवरण संकलन गरिने केन्द्रिय तथ्यांक विभागका अर्का निर्देशक डाक्टर महेश सुुवेदीले वताउनुभयो । कार्यक्रममा वोल्दै प्रदेश नम्बर १ का प्रदेश योजना आयोग उपाध्यक्ष सुुवोधराज प्याकुुरेलले समृद्ध नेपाल र सुुखि नेपालीको सपना साकार पार्न कृषि गणना फलदायी हुुने वताउनुभयो ।

उद्योग,पर्यटन, वनतथा वातावरण मन्त्रालयका सचिव संजिवकुुमार राई तथा पशुुपंक्षि तथा मत्सय निर्देशनालयका निर्देशक लेखराज दाहालले कार्यक्रममा कृषिगणनालाई प्रभावकारी वनाउन आएका सुुझावलाई समेटनुुपर्नेमा जोड दिनुभयो । २०७८ साल जेठ– २५ गतेदेखि असार–८ गतेसम्म राष्ट्रिय जनगणना हुुदैछ भने त्यसको ६ महिनापछि राष्ट्रिय कृषिगणना हुुने कार्यक्रममा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्