पत्रकार पोखरेल मातृशोकमा



न्युज अफ नेपाल, बुटवल ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य तथा पार्षद एवम प्रगतिशिल पत्रकार संघ रुपन्देहीका अध्यक्ष श्यामलाल पोखरेल मातृशोकमा पर्नु भएको छ ।
उहाँकी माता ६५ वर्षीया पदमा कुमारी पोखरेलको बुधवार विहान पौने ९ वजे आफनै निवाष शंकरनगरमा निधन भएको हो ।
विगत लामोसमय देखि क्यान्सर रोगवाट पीडित मृतक पोखरेलका ४ छोरा २ छोरी र श्रीमान हुनु हुन्छ ।
उहाँको प्रार्थिवशरिरको आजै प्युठान जिल्लाको झिमरुक खोलामा अन्तिम दाहशंस्कार गरिने भएको छ । अन्तिमदाह शंस्कारका लागि बुटवलवाट शव सहितको टोली विहान ११ वजे प्युठानतर्फ लागेको छ । यस दुखद घडीमा मृत आत्माको चिरशान्तिको कामना गदै शोक सन्तप्त परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछौ ।
प्युठान जिल्लाको झिमरुक गाउँपालिका ३ बेवरेमा स्थायी घर भएका पोखरेल परिवारले आमाको अन्तिम दाहशंस्कार पछि काजक्रिया पनि प्युठानमै गर्ने भएका छन ।

प्रतिक्रिया दिनुहोस्