काठमाडौं, (नेस)।
महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित १ जनालाई नियन्त्रण लिएको छ।
प्रहरीले मध्यपुर ठिमि नगरपालिका–१ लोकन्थलीमा सोही ठाउँ बस्ने सर्लाही लालबन्दी नगरपालिका–१ का धर्मेन्द्र कुसहवालाई चेकजाँचगर्दा १ सय ३७ ट्याबलेट नाईट्राभेट बरामद गरेको छ।
यसै गरी महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुर ठिमि नगरपालिका–१ दुधपाटीबाट २ सय ग्राम गाँजा सहित दाङका साजन मगर र सिन्धुपाल्चोकका प्रबिन बस्नेतलाई नियन्त्रणमा लिएको छ।
यसै गरी महानगरीय प्रहरी प्रभाग काडाँघारीबाट खटिएको प्रहरी टोलीले कागेश्वरी नगरपालिका–९ बाट पेप्सीकोला बस्ने रूपन्देहीका निरज श्रेष्ठ र धादिङका हरी तामाङलाई चेकजाँच गर्दा डाईजोपाम,नुफिन १८ एम्पुल लागुऔषध बरामद गरेको छ।











प्रतिक्रिया