आधा किलो सुनसहित पक्राउ

0
Shares

काठमाडौं, (नेस)।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार एरियाबाट अवैध रुपमा लुकाई छिपाई ल्याएको ५ सय ग्राम सुन सहित भारतीय नागरिक सुनिल हरिराम रोरालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

फ्लाई दुबईको उडानद्वारा काठमाडौं आएका उनलाई उक्त स्थानमा खटिएको प्रहरी र भन्सार विभागको संयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त परिमाणको सुन सहित फेला पारी पक्राउ गरेको हो।