फरार जग्गा दलाल पक्राउ

0
Shares

काठमाडौं, (नेस)।

उच्च अदालत पाटनको २०७५ असार १२ गतेको फैसलाले ठगी मुद्दामा ६५ लाख रुपैयाँ जरिवाना ठहर भएपछि फरार रहेका देव नारायण महर्जनलाई प्रहरीले पक्राउ गरेको छ।

सजाय वेरुजु रही लुकीछिपी बसेको अवस्थामा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं असनबाट उनलाई पक्राउ गरेको हो।

२०७३ असार १४ गते महर्जनले पीडितहरूलाई अन्यत्रको जग्गा देखाई बेचेको र भोगचलन गर्न जाँदा उक्त जग्गा अर्को व्यक्तिको नाम भएको अनुसन्धानबाट खुल्न आएको थियो।

महर्जनलाई जिल्ला अदालत ललितपुरमा पेश गरिएकोमा अदालतको आदेशले आवश्यक कारवहीको लागि नख्खु कारागार पठाइएको व्यूरोले जनाएको छ।