नेपाल समाचारपत्र, काठमाडौं।
संघीय संसद्को प्रतिनिधि सभामा रिक्त रहेको सभामुख पदका लागि नयाँ सभामुखको टुंगो नलाग्दा संसद् बैठक फेरि सरेको छ।
संसद् बैठक दोस्रोपटक सर्दै पुस १६ गते आजसम्मका लागि स्थगन भएको बैठक तेस्रोपटक पुस २७ गतेसम्मका लागि सरेको हो।
पुस ४ गतेबाट शुरु भएको हिउँदे अधिवेशन उपसभामुखले अध्यक्षता गरे पनि कार्यसूचीमा प्रवेशै नगरी ११ गतेसम्मका लागि स्थगन भएको थियो भने त्यसअघि नै १६ गतेसम्मका लागि बैठक स्थगन गरेको थियो।
संसद् सचिवालयले तेस्रोपटक आह्वान गरेको बैठक पनि एक दिनअघि नै मंगलबार एक सूचना जारी गर्दै बैठक स्थगन गरेको छ। सत्तारुढ दल नेकपाले नयाँ सभामुखको टुंगो लगाउन नसकेपछि संसद् बैठक सर्दै आइरहेको छ।
सभामुखमा नेकपाभित्र पूर्वएमाले कि पूर्वमाओवादीले पाउने भन्नेमा तीव्र विवाद छ। सभामुखको टुंगो लगाउन नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मतभेद रहँदै आइरहेको छ।
जसको टुंगो नलाग्दा त्यसको असर संसद् बैठकसम्म पुगेको छ। सचिवालयकै महिला कर्मचारीमाथि जबरजस्ती करणी उद्योग गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेपछि प्रतिनिधिसभाको सभामुख पद खाली रहँदै आएको छ।











प्रतिक्रिया