डोटी, (नेस) ।
आगमी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि डोटीको जिल्ला सदरमुकाम सिलगढीमा राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यालयको स्थापना गरिएको छ।
माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको मतदानका लागि सिलगढीको पद्मपब्लिक मुक्ति नारायण माविमा मतदान केन्द्र तोकिएसँगै मंगलबार जिल्ला अदालत सिलगढीमा निर्वाचन कार्यालयको कार्यालय स्थापना गरिएको हो।
जिल्ला अदालत डोटीका माननीय न्यायाधीश विदुर काफ्लेले एक कार्यक्रमका बीच उक्त कार्यालयको उद्घाटन गर्नुभएको छ।
जिल्ला सदरमुकाम सिलगढीमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दुईवटा मतदान केन्द्र तोकिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो।
उहाँका अनुसार दुईवटा मतदान केन्द्रमा एउटा मतदान केन्द्रमा प्रतिनिधि र प्रदेश सभा सदस्य तथा अर्को मतदान केन्द्रबाट स्थानीयतहका प्रमुख तथा उप प्रमुखले मतदान गर्ने व्यवस्था मिलाइएको छ। सुदूरपश्चिम प्रदेशबाट एक महिला तथा एक पुरुष गरी दुई जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचित हुने छ।











प्रतिक्रिया