काठमाडौं, (नेस)।
पाँच वर्षदेखि उखु किसानलाई उद्योगीहरूले रकम भुक्तानी नगरेपछि सर्लाहीका करिब ५० उखु किसान न्याय खोज्दै १५ दिनदेखि काठमाडौंमा छन्।उखुको बक्यौता १ अर्ब ४१ करोड उठाउन सरकारको सहारा खोज्दै उखु किसान काठमाडौं आएका हुन्।
प्रत्येक दिन माइतीघर मण्डला हँदै सिहदरबारसम्म पुग्ने गरेका उनीहरूले अहिलेसम्म न्याय पाउन सकेका छैनन्। उखु उद्यमीले भुक्तानी नदिँदा सर्लाहीका १२ हजार किसान ऋणमा डुबेका छन्।
जिल्लामा बारम्बार आन्दोलन गर्दै अनशन बस्दासमेत वार्तामा मात्रै सिमित भएको भन्दै यसपाली उखुको पैसा पाएपछि मात्रै घर फर्किने अठोटका साथ काठमाडौंमा उखु किसानले आन्दोलन गरेका छन्।
उद्योगमन्त्री लेखराज भट्ट भने चिनी उद्योगका मालिकको खोजी भएको बताउनुभएको छ। ‘हामी किसानको पैसा दिलाउँछौं’ –उहाँले भन्नुभयो।
उहाँले यसबारे गृह मन्त्रालयलाई पनि पत्राचार गरिसकेका जानकारी दिनुभएको छ। समस्या सिर्जना गर्ने महालक्ष्मी, अन्नपूर्ण र लुम्बिनी चिनी मिलका मालिक सम्पर्कमा नआएको उहाँले जानकारी दिनुभयो।
यता राष्ट्रिय उपभाक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले भने सरकारले सरकारले दिने अनुदान बिचौलियको हातमा जाँदा यस्तो समस्य आएको बताउनुभएको छ।
विगत चार पाँच वर्षदेखिको यो समस्यले सक्कली उखु किसानको घर खेत नै जान लागेको हुँदा यसको तत्काल सम्बेधन हुनुपर्नेमा उपभेक्ता मञ्च लागेको पनि उहाँले नेपाल समाचारपत्रलाई बताउनुभयो।
हाल काठमाडौं आन्दोलनरत किसानहरू सक्कली उखु किसान भएको भन्दै उनीहरूले कुनै पनि हालतमा न्याय पाउनुपर्ने उहाँको तर्क थियो।











प्रतिक्रिया