त्रिदेशीय सीमामा राज्यको उपस्थिति ६ महिना मात्रै

0
Shares

किरन धामी, दार्चुला ।

सौका समुदायको जिल्ला सदरमुकाम खलंगा बसाई सराइ संगै दार्चुलाको ब्याँस गाउपालिका वडा नं १ मा रहेको छाङ्गरुमा रहेको प्रहरी चौकी व्यास वडा नं २ दुम्लिङ सरेको छ । व्यासको छागंरु र तिंकर क्षेत्रमा यस वर्षको हिमपात सुरु भए संगै सौका समुदायको वसाइ सराई र प्रहरी चौकी चिसो छल्न तल झरेको छ ।

गत वैशाखमा नेपाल तर्फ बाटो नहुदा हेलिकप्टर मार्फत व्यासको छांगरु र तिंकरमा सारीएको प्रहरी चौकी दुम्लिङ झर्ने बेला भने नेपालकै बाटो भएर सरेको हो । मान्छे आउजाउ गर्न सम्मको बाटो भएका कारण प्रहरी चौकी नेपालकै बाटो सार्न सकिएको दार्चुलाको प्रहरी प्रमुख डिएसपी दिपेन्द्र शाहिले जानकारी दिनुभयो । सौका समुदायको दुइवटा मात्रै वस्ती रहेको उक्त क्षेत्र हिउद याममा अत्याधिक चिसोका कारण जिल्ला सदरमुकाम बसाइ सराई गर्ने भएको सो क्षेत्र मावन रहित बन्ने गरेको छ ।

भारत अतिक्रमित कालापानि क्षेत्र समेत नजिक रहेको व्याँस गाउँपालिका–१ छाङरुमा बाह्रै महिना बस्नेगरी सशस्त्र प्रहरी बलको बिओपी स्थापनाका लागि जग्गा व्यवस्थापन तथा सुरक्षा बन्दोबस्ती गर्नुपर्ने प्रस्ताव सहित गत वर्ष जिल्ला सुरक्षा समितिले केन्द्रमा फाइल पठाएको भए पनि हाल सम्म पनि विओपी स्थापना हुन सकेको छैन । राज्यको पहुँच नपुग्दा दार्चुलाको उत्तरी व्याँस गाउँपालिकामा पर्ने त्रिदेशीय सीमाक्षेत्रमा रहेको नेपाली भूभाग असुरक्षित बनेको छ ।

सो क्षेत्रमा बाह्रै महिना सुरक्षाको प्रवन्ध मिलाउनु पर्ने स्थानीयहरुको माग छ । हरेक वर्ष चिसोका बेला बसाइँ सर्ने प्रक्रियालाई सौका समुदायमा ‘कुञ्चा’ भन्ने गरिएको छ । सौका समुदाय गर्मी मौसममा हिमाली भेगमा बसोवास गर्ने र चिसो मौसममा सदरमुकाम झर्ने गर्दछन । व्यासबाट दार्चुला सदरमुकाम आउँदा नेपालतिर बाटोघाटो नभएपछि वर्षौपिच्छे भारतको बाटो भएर आउनुपर्ने बाध्यता छ । वर्षा याममा मात्रै खेतीपाती गरिने व्यासमा बसोबास गर्ने सौका समुदाय अब वैशाखमा मात्रै घर फर्किने छन् ।