खिरौलाको व्यापार गर्न डोल्पा पुगेका शाही बलात्कार अभियोगमा पक्राउ

0
Shares

न्युज अफ नेपाल, डोल्पा ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला गोठीचौरी गाउँपालिका-४ घर भई मुड्केचुला गाउँपालिका-८ बस्ने १९ वर्षीय लोकेन्द्र शाही रहेको प्रहरीले जनाएको छ ।

डोल्पामा खिरौलाको व्यापारका लागि गएका शाहीले ती बालिकालाई सोही ठाउँस्थित घट्टमा मकै पिस्न गएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सर्मीबाट खटिएको प्रहरीले बुधबार साँझ उनलाई पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।