न्युज अफ नेपल, काठमाडौँ ।
१३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । शनिबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सविरुद्ध २-१ को गोल गर्दै नेवाल विजयी भएको छ ।
खेल सुरु भएको १९औँ मिनेटमा माल्दिभ्सले गोल गर्दै खेलमा अग्रता लिएको थियो । माल्दिभ्सका लागि इब्राहिम हुसेनको गोलबाट लिएको अग्रतालाई नेपालका अभिषेक रिजालले ४३ औँ मिनेटमा गोल गर्दै बराबरीमा पुर्याएका थिए ।
यस्तै, खेलको ५२ औं मिनेटमा नेपालले पाएको कर्नर किकलाई सदुपयोग गर्दै सुनिल बलले प्रहार गरेको कर्नर किकलाई अनन्त तामाङले हेडमार्फत् गोल गरेका थिए ।
यसअघि पहिलो खेलमा नेपालले भुटानविरुद्ध ४ गोल गरेको थियो भने श्रीलंकासँग १(१ को बराबरी खेलेको छ । अर्को खेल नेपाल बंगलादेशसँग भिड्दै छ ।