युवतीमाथि बलात्कार गर्ने डाक्टर पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

अस्पतालमा उपचारका लागि आएकी एक युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा एक डाक्टर पक्राउ परेका छन् ।

मेडिसिटी अस्पतालमा कार्यरत डा. रोहितकुमार झाले बलात्कार प्रयासको आरोपमा पक्राउ परेका हुन्।

अस्पतालमा उपचारका लागि आएकी एक युवतीमाथि बलात्कार प्रयास गरेको उजुरी परेपछि महानगरीय प्रहरी परिसर ललितपुरले ती डाक्टरलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उपचारका लागि आइतबार अस्पताल पुगेकी ती युवतीले आफूमाथि डाक्टर झाले बलात्कार प्रयास गरेको भन्दै सोमबार उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ती युवती नियमित स्वास्थ्य उपचारका लागि अस्पताल पुगेकी थिइन्। प्रहरीले यो विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

Skip This