सिस्नुपानी नेपालद्धारा करमैत्री यात्रा विराटनगरमा सम्पन्न

0
Shares

रोशनी भट्टराई, विराटनगर ।

सिस्नुपानी नेपालले करमैत्री यात्राको चौथो श्रृङखला आज विराटनगरमा प्रस्तुत गरेको छ ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको सहकार्यमा आन्तरीक राजस्व कार्यालय विराटनगरको आयोजना भएको कार्यक्रममा सिस्नुपानीका कलाकारहरुले नाटक, कविता, गीत,व्यङग्य मार्फत कर तिर्नु र यसको सही उपयोग गर्नुपर्नेमा कलाकारहरुले आआफ्ना प्रस्तुती गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का सभामुख प्रदीपकुमार भण्डारीले यो कार्यक्रमले कर तिर्नु पर्छ भन्ने जागरण पैदा गर्न सफल भएको बताए । उनले सबैलाई करको दायरामा ल्याउन कार्यक्रम प्रभावकारी भएको बताए ।

यस्तै कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सिस्नुपानी नेपालको अभियानले जनचेतना फैलाउन सहयोग पु¥याएको बताउदै कलाकार, नेता,सुरक्षाकर्मी,प्रशासन लगायतका हरेक क्षेत्रमा अभियानले सिस्नुपानी लगाएको बताउदै यसबाट धेरै सकारात्मक सुधार आएको बताए ।

कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा लगायतले नीजि क्षेत्रले कर संकलनमा सहयोग मात्र नगरी कर तिर्नु पर्छ भन्ने भावनाले अगाडि बढेको बताए ।

उनीहरुले सिस्नुपानीको करमैत्री अभियान सकारात्मक र सन्देशमुलक रहेको भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा शिशिर योगी,मनोज गजुरेल,सरोज घिमिरे,धिरेन्द्र प्रेमर्षि,अर्जुन पराजुली, कमलीकान्त भेटवाल,लक्ष्मण गम्नामे लगायतले करलाई केन्द्रमा राखेर प्रस्तुती दिएका थिए ।

सिस्नुपानी नेपालले २३ बर्षदेखि यस्ता सचेतनामुलक कार्यक्रम गर्दे आएको जनाएको छ।