आर्मीका मेजरलाई भगौडाको आरोपमा छ महिना कैद

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

सैनिक ऐन विपरीत काम गरेको भन्दै नेपाली सेनाले प्राविधिक सेनानी रामचन्द्र तिवारीलाई कारबाही गरेको छ।
सैनिक अदालतले उनलाई ६ महिना कैद र भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको हो।

बेतलवी विदामा दुई वर्षका लागि जापान गएका नेपाल आर्मीका मेजर स्वदेश फर्किएर जागिरमा हाजिर नभएको भन्दै सेवाबाट बर्खास्त गरिनुका साथै छ महिना जेल सजाय समेत गरिएको छ।

प्राविधिकतर्फ मेजर रामचन्द्र तिवारी २०७३ चैतमा दुइ वर्ष अवधिको पोस्ट डक्टोरल गर्न जापान गएको तर फर्किएर जागिरमा हाजिर नभएको सैनिक अदालतको निष्कर्ष छ। सेनाले तिवारीलाई गत असोज ८ गते पक्राउ गरेको थियो।

सैनिक अदालतले तिवारीलाई छ महिना कैद र भविस्यमा सरकारी जागिरमा अयोग्य नठहरिने गरि बर्खास्त गरेको नेपाली सेनाले जनाएको छ।