आर्थिक अनियमितता गरेको भन्दै क्याम्पसमा तालाबन्दी

0
Shares

दयाराम पण्डित, रबाजुरा ।

नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पस इकाई समितिले बाजुरा क्याम्पसमा तालावन्दी गरेको छ । सोमबार विहान नेविसंघ बाजुरा क्याम्पस ईकाइ समितिले आफ्ना ६ बुंदे मागसहित क्याम्पसमा तालाबन्दी गरेको हो ।

नेविसंघ बाजुरा क्याम्पस इकाई समितिका सचिव धनबहादुर थापाको नेतृत्वमा गएको टोलीले एक विज्ञप्ती जारी गर्दै क्याम्पसमा तालाबन्दी गरेको हो ।

नेविसंघले क्याम्पसमा सर्वपक्षिय भेला गरेर क्याम्पसको उद्ध्घाटन गरिनु पर्ने माग राख्दै ताला बन्दी गरेको नेविसंघ जिल्ला कार्यसमित पूर्व उपाध्यक्ष जनकबहादुर थापाले जानकारी दिनुुभएकोछ ।

नेविसंघ बाजुरा क्याम्पस ईकाइ समितीले माग गरेका छ वटा बुदाहरुः

१. सर्वपक्षिय भेला गरेर क्याम्पसको उद्ध्घाटन गरिनु पर्ने माग राख्दै ताला बन्दी गरेको जनाएको छ ।
२. क्याम्पसबाट वितरण गरिएको छात्रवृति नातेदार, आफुनिकट राजनितिमा आस्था राख्नेलाई दिएकोले निष्पक्ष छानविन गर्न समेत माग राखेको छ ।
३. सुदूरपश्चिमबाट क्याम्पसको प्रशासनीक भवन एकलौटी ढंगबाट पार्टीका झोले कार्यकतर्तालाई भवन निर्माण समिति गठन गरि समितीले कमिसन खाएर ठेकेदारलाई जिम्मा लगाई अनियमितता कार्य गरेको र भवनको गुणस्तको छानविन गरिनुपर्ने माग विज्ञप्ती मार्फत अघि सारेको छ ।
४. अध्ययन अध्यापन हुने गरि केही प्राध्यापकहरु लामो समयसम्म अनुपस्थित रही विद्याथी शिक्षा आर्जजन गर्ने नैसर्गिक अधिकार वन्चित गरेको छानविन गरियोस ।
५. क्याम्पसको छात्रवास पुस्तकालय र भवन निर्माण प्रशासन र संचालक समितिको चरम आर्थिक चलखेलको छाननिन होस ।
६. सामान खरिदमा भएको अनियमितता को निष्पक्ष छानविन हुन् जरुरी छ ।

“नेविसंघले लगाएको आर्थिक हिनामिनाको आरोप निराधार भएको र क्याम्पस तालिाबन्दीका नाममा राजनीतिक गर्ने संस्थाका रुपमा परिणत भएको बाजुरा क्याम्पस प्रमुख सुरेसप्रसाद पण्डितले बताउनुभयो ।”

बाजुरा क्याम्पस आंँगिक क्याम्पस भई सकेपछि सञ्चालक समिति नरहने हुंदा संस्थापक तथा पूर्व सञ्चालकलाई मंगलबार औपचारिक विदाई गर्ने कार्यक्रम रहेकोले सोही कार्यक्रमलाई डिस्टर्प गर्न तालाबन्दी गरेको आरोप क्याम्पस कर्मचारीले लगाएका छन् ।

मंगलबार हुने विदाई कार्यक्रमको उद्घाटन गर्न नेकपाका केन्द्रीय सदस्य एबं पूर्व उद्योग मन्त्री कर्णवहादुर थापा र सुदुपश्चिम विश्वबिद्ययालयका रजिष्टार पाध्यापक डाक्टर गोविन्द सिंह विष्ट आउने कार्यक्रम रहेको क्याम्पस प्रमुख पण्डितले बताउनुुभयो ।