सडक सञ्जालले घोडा व्यवसाय संकटमा

0
Shares

दयाराम पण्डित, बाजुरा ।

बाजुरा लगायत छिमेकी जिल्लाबाट जोल्जी लैजाने घोडा उपयोग विहिन बन्दै गएका छन् । स्थानीय तहसम्म सडक सञ्जालको पहुंच पगेपछि घोडा ब्यबसाय संकटमा परेको हो ।

प्रचाचिन समयमा हुनेखाने वर्गका लागि सौखिनका रुपमा पालिने घोडा पछिल्लो समयमा स्थानीय सवार तथा यातायातका साधानका रुपमा प्रयोग हुदै आएका थिए । तर गाउँमा यातायातको पहुंच पुुगेसंगैं घोडापालन ब्यबसय संकटमा परेको हो ।

सडक यातायातका कारण घोडापालन ब्यबसाय संकटमा पर्नु पहिलो कारण होभने चरिचन र प्रयाप्त वन तथा दाना पानीको समस्य पनि उत्तिकै छ । जुकोटका प्रताप शाहीको बुुझाई छ ।

जुकोटवाट कोल्टी र कोल्टीबाट जुकोट जान घोडामा दिनभरि लाग्थ्यो तर अहिले सडक सञ्जाल पुुगेपछि दुुई घण्टामा आवत जावत हुन्छ किन घोडा पाल्ने शाहीले बताउनुुभयो ।

बिगतमा ६० हजार देखि १ लाख २० हजार रुपैंया सम्म प्रति घोडाको मुल्य पाईन्थ्यो । गाउँमा सडक सञ्जाल पुुग्न थालेपछि ४० देखि साठी हजारमा बिक्री हुने गरेको, घोडाको बजार नै नभएको बढिनन्दा नगरापालिका सिराडीका धनबहादुर विकले बताउनुुभयो ।

पांच वर्ष यता घोडा ब्यबसायमा ओरालो लागेको उनकोे बुुझाई छ । बाजुराको कोण्डा क्षेत्रका प्रत्यक गाउँ गाउँमा घोडापालन हुन्थ्यो । एक गाउँमा कम्तीमा १०० घोडा हुन्थे बाजुराबाट वाषिर्क १४ -१५ सयको हाराहारीमा घोडा विक्री हुन्थे ।

वर्षको एक पटक कार्तिक–मंशिरमा घोडा संकलन गरी दार्चुुल्लाहुदै भारतको सिमाना धार्चुुल्ला पुु¥याएर ब्यापार मेलाबाट बिक्री गरिन्छ । बार्षिक हजार १२ सय घोडा लिएर जोल्जी जान्थे अहिले २०-३० तिसघोडा लिएर जोल्जी जानुपरेको बुढिनन्दा नगरपािलका कोटीलाका घोडा ब्यबसायि छक्कबहादुर मल्लले भन्नुभयो । बाजुराबाट घोडा बिक्री गर्दै धार्चुल्लाको जोल्जीमा पगाउने ।

जोल्जीमा बिक्री नभएका जोल्जीको फेर्ता घोडालाई सस्तो मुल्यमा बिक्री हुन्थ्यो । विगतमा मनज्ञे फार्यदा हुन्थ्यो घोडा बयसायबाट घरधन्दा चल्थ्यो । घोडासंगै राडी पाखी गलैंचा लिऊ फेरे लगायतका घरबुना कपाडा पनि बिक्री हुन्थ्यो । घोडा ब्यबसाय घटेसंगैं घरबुना कपाडाको ब्यापार पनि घटेको मल्लले बताउनुुभयो ।

छिमेकी जिल्ला हुम्ला, जुम्ला,मुुगु कालिकोट , बझाङ्ग बैतडी दार्चुल्लाबाट सयौं हजारौं घोडा जोल्जी पुुगाईन्थ्यो । घोडाबाट लाखौं आम्दानी हुन्थ्यो पछिल्लो समयमा घोडाको ब्यापार निकै घटेको दार्चुल्लाका पदमबहादुर बमले बताउनुु भयो ।

गाउँमा पालेर जोल्जीमा बिक्री गरी आम्दानी बढाउनका लागि घोडा पालिथे । कपियले आफ्नो भाकल पुरा गर्न देउतालाई चढाउने प्रचलन पनि थियो ।