न्युज अफ नेपाल, काभ्रेपलाञ्चोक ।
बनेपाबाट नेपालथोक जाँदै गरेको बस काभ्रेको नमोबुध्द नगरपालिका २ स्थित पात्लेखेतमा दुर्घटना भएको छ।
हिमाल तराई यातायातको बा ४ ख ३३१९ नं को बस दुर्घटना भएको हो ।
‘बनेपाबाट नेपालथोक जाँदै गरेको बसले भकुण्डेबाट बनेपा तर्फ आउँदै गरेकोे बसलाई साईड दिन लाग्दा ओभरस्पिडमा आएको मोटरसाईकल ठोक्किन खोज्दा बसले जोगाउन खोज्यो अनि बस सडकबाट तल खस्यो’–यात्रु पकंज तामाङले भन्नुभयो–‘सडक तल रहेको ठुलो रुखका कारण ठुलो मानविय क्षति हुनबाट बचायो, रुख भाँचिएकाले बस विस्तारै गुड्यो ।’
प्रहरी प्रमुख एसपी जयराज सापकोेटा घटनास्थल पुगेर यात्रुहरुको उद्धार गर्नु भएको थियो । तत्कालै स्थानीय र प्रहरीको सहयोगमा घाईतेहरुको उद्धार गरिएको थियो ।
घाईते मध्ये तेमाल घर भएका १८ बर्षिय विवेक तामाङ गम्भिर हुनुुहुन्छ । उहाँ लगायत अन्य दुई घाईतेको अवस्था गम्भिर भएकाले रिफर गरिएको धुलिखेल अस्पतालले जानकारी दिएको छ । टाउकोमा चोट लागेकाले उनिहरुको होस अझै खुल्न सकेको छैन ।
अन्य घाईतेहरुको अवस्था मध्यम रहेकाले उपचार भईरहेको छ । अधिकांशको टाउको, हात र ढाडमा चोट लागेको छ । चालक सुनिल तामाङ र सह चालक मानबहादुर तामाङ दुबै जना घाईते छन् । दुबै जना होसमा भए पनि दुर्घटनाका बारेमा जानकारी नभएको बताए ।
घाईते मध्ये अधिकांश पुरुष छन् । तीन यात्रु महिला सामान्य छन् । बस सडकबाट २ सय मिटर भन्दा तल पुगेको प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिनुभयो ।
काभ्रेमा पछिल्लो समय यात्रुबाकह बस दुर्घटना हुने क्रम बढेको छ । सिन्धुपाल्चोकको मेलम्चीबाट आउँदै गरेको बस दशैको समयमा दुर्घटना हुँदा दर्जन भन्दा धेरैको ज्यान गएको थियो भने सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना भएको थियो ।
एकै स्थानमा १८ जनाको ज्यान गएको थियो । यात्रुबाहक बस दुर्घटनाको कारण पत्ता लागे पनि रोकथामको उपायमा कसैको ध्यान जान सकेको छैन ।
घाईतेहरुको उद्धार तथा सहयोगका लागि नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ, वडा अध्यक्ष सञ्जिव ढकाल, विष्णु धिताल लगायतका जनप्रतिनिधिहरु घटनास्थल हुँदै अस्पताल पुग्नु भएको थियो ।
तस्विरः धुलिखेल अस्पतालमा घाईतेहरुको उपचार हुँदै












प्रतिक्रिया