न्युज अफ नेपाल, हेटौंडा ।
मकवानपुर प्रतिनिधिसभा–२ सदस्यको सिफारिसमा ५० लाख लगानीका छ वटा ठूला योजना सिफारिस भएका छन् । जसमध्ये मनहरी–५ को डिल्लीपुर वसन्तपुर सडक निर्माणका लागि ५० लाख बिनियोजन भएको छ ।
इन्द्रसरोवर गाउँपालिकाको बज्रमाठ–सिकारीगाउँ–महाचुनी मन्दिर–कोदोखोरिया–मागेपौवा सडकका लागि ५० लाख, दुंगु–परेवाभीर सडकलाई ५० लाख, मानेडाँडा–हलबारी–अल्छे–कप्सरी सडकलाई ५० लाख, बज्रबाराही पार्क निर्माणलाई ५० लाख, उपल्लो सुपिङ बृहत् खानेपानी योजनाका लागि ५० लाख बिनियोजन भएको छ ।
मनहरी गाउँपालिकामा ५ वटा योजना, भीमफेदीमा ३ वटा, हेटौंडा उपमहानगरपालिकामा २ वटा, थाहा नगरपालिकामा ४ वटा, कैलाश गाउँपालिकामा ४ वटा, मकवानपुरगढीमा २ वटा, इन्द्रसरोवर गाउँपालिकामा २ वटा र राक्सिराङ गाउँपालिकामा ४ वटा योजना सिफारिस भएका छन् ।
प्रतिनिधिसभा–२ अन्तर्गत् पर्ने गाउँपालिका र नगरपालिकाका वडालाई लक्षित गरी स्वास्थ्य, शिक्षा, खानेपानी, भौतिक पूर्वाधार निर्माण, पर्यटनलगायत क्षेत्र समेटर बजेट बिनियोजन भएको सांसद् विरोध खतिवडाले जानकारी दिनुभयो ।
बजेट कार्यान्वयन हुने बजेट सिफारिसका क्रममा मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिको भवन निर्माणका लागि २० लाख बिनियोजन भएको छ । उद्योग वाणिज्य संघको निर्माणाधीन सचिवालय भवनमा सामुदायिक सभाहल निर्माणका लागि २० लाख बजेट सिफारिस गरिएको प्रतिनिधिसभा सदस्य खतिवडाले बताउनुभयो ।











प्रतिक्रिया