पूर्वमन्त्री एवं व्यापारी रूप ज्योति पक्राउ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

महानगरीय प्रहरी परिसरको टोलीले बिहीबार साँझ व्यापारी एवं पूर्व सहायकमन्त्री रूप ज्योतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

हाउजिङका नाममा विभिन्न व्यक्तिसँग ठगी गरेको आरोपमा ज्योतिलाई पक्राउ गरेको प्रहरीले बताएको छ। देशबाहिर रहेका ज्योतिलाई स्वदेश फर्कंदै गरेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसरको टोली बिहीबार साँझ नै विमानस्थल पुगेको थियो।

सिल्क एयरबाट काठमाडौं आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरी उच्चस्रोतले जानकारी दिएको छ।

जिल्ला अदालत काठमाडौंले ज्योतिलाई २०७५ मंसिर २० मा पक्राउ गर्न अनुमति दिएको थियो। उनी त्यसविरुद्ध सोही वर्ष मंसिर २४ मा सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए।

त्यसको १ वर्षपछि मंगलबार सर्वोच्चले रूप ज्योतिको विपक्षमा फैसला सुनाएको थियो। आफूमाथि हुन सक्ने कानुनी कारबाहीबाट बच्न रूप ज्योतिले निषेधाज्ञाको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चको उक्त फैसलासँगै प्रहरीलाई रूप ज्योति पक्राउ गर्न बाटो खुलेको हो।

Skip This