कृषि क्षेत्रमा एडीबीको पाँच अर्ब सहयोग

0
Shares

काठमाडौं, (नेस)।

कृषि तथा खाद्य सुधारका लागि एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई ५ अर्ब रुपियाँ बढी ऋण सहयोग स्वीकृत गरेको छ।नेपालको खाद्य सुरक्षा सुधार एवं कृषिको व्यवसायीकरणका लागि ५ करोड अमेरिकी डलर ऋण सहयोग स्वीकृत गरेको एडीबीको नेपालस्थित कार्यालयले जानकारी गराएको हो।

एडीबीका सिनियर पब्लिक म्यानेजमेन्ट इकोनोमिस्ट नवेन्दु करणले कृषिबाट नेपालको विकासमा महत्वपूर्ण योगदान हुन सक्ने बताउँदै नेपालले कृषि क्षेत्रको विकासमार्फत अन्तर्राष्ट्रियरूपमा बजार विस्तार गर्न सक्ने विश्वास लिएका छन्।

नेपालको अर्थतन्त्रमा कृषिले महत्वपूर्ण भूमिका खेलेको छ। एडीबीले कृषिलाई व्यवसायीकरण गर्नमा जोड दिँदै गुणस्तरको अन्तर्राष्ट्रियस्तरको मापदण्ड पूरा गर्नमा आफूले गरेको सहयोग महत्वपूर्ण हुने बताएको छ।

Skip This